Friday, May 1, 2020

🔥गजल: उठेथ्यो भोकको ज्वाला..,🔥

✍️@ कृष्णसिंह पेला 

🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷🌸
उठेथ्यो भोकको ज्वाला त्यसै छोपेर सुस्तायो
खुला आकाशको च्यादर त्यही ओढेर सुस्तायो ।

सधैं मजदूरी हो उसको सनातन धर्म, संस्कृति
कहाँ गै गर्नु मजदूरी यही सोचेर सुस्तायो ।

कुनामा सर्वहारा देवताको मूर्तिसामु गै
गुनासा, पीर जे जे छन् सबै पोखेर सुस्तायो ।

अझै जगमा अँध्यारोको उही साम्राज्य कायम छ
उज्यालो भोलिका सपना भने कोरेर सुस्तायो ।

कथा लेख्छु सुदामाको भनी भन्दै थियो कृष्ण
परंतु तप्त आँसुमा कलम चोबेर सुस्तायो ।
🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷🌸
नोट: पुन: प्रकाशित

No comments: