Monday, May 11, 2020
Thursday, May 7, 2020
🌷कविता : फूलप्रतिका भूलहरू🌷
![]() |
| ✍️कृष्णसिंह पेला |
🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷
कल्पनाका
फराकिला फाँटभरि
फूलहरू तमाम
फुले ।
हेर्नलायक वस्तु
तिनै देखिए
र म तिनमै भुलें
।
प्रवेश त केवल
फूलहरूलाई थियो,
तर काँडाहरू
उपहारमा मिले ।
फूलले सपनाहरु
सजाएँ ।
फूलले विपनाहरू
रङ्गयाएँ ।
तर अन्य वस्तु
जति साह्रो फूलजस्तो देखिए पनि
आँखिर भ्रमरहरू
फूलमा नै झुले ।
दृश्यहरूभित्रको
पूर्ण श्रृङ्गारमा पनि
कता कता बिभत्स
दागहरू देखें ।
विस्फोटहरूलाई
फूलले छोपेर,
वरिपरिका
फूलहरूलाई बाधक सम्झेर,
जहाँ जहाँ
अशान्तिकारकको अभाव छ,
त्यहाँ त्यहाँ
शान्ति खोजिरहें ।
फूल ममा बाँच्यो,
फूल सबमा
बाँच्यो,
मेरो भ्रम थियो
कि म फूलमा बाँचें ।
फूलको पूर्णतामा
थप्नुपर्ने केही
छैन,
मैले गएर फूलमा
फुल्नुपर्ने
केही छैन ।
समाधि सार्थक छ
यदि
प्राणै सुवासित
भैदिए,
त्यो संभव छ यदि
सारा अस्तित्व
फूल भैदिए ।
तर म अन्योलमा
पेण्डुलम भएको छु ।
म हरक्षण बसन्त
गुमाइरहेछु ।
फूल देखें,
र त्यसपछि केही
पनि देखेन ।
नश्वरताको
विश्वव्यापी सत्यसमेत भुलें ।
प्रफुल्ल फूलले
तृप्तातृप्त
सारा नयन तृप्त गरायो ।
अल्पतृप्त काँतर
नयन अतृप्त नै रहे ।
कोपिला भोलि
अवश्य फूल बन्छ,
आफ्नो समयमा
बन्छ ।
कोपिलालाई
कोपिलामै फुलाउने
मैले कति भूल
गरें ।
फूल त स्वयममा
पूर्ण छ,
गुलाफ होस् या
गुराँश,
शिरीष होस् या
पलाँश ।
परिभाषामा
बाँधेर
असुरक्षा
जन्माएर,
प्राकृत
स्वच्छन्दतामा व्यर्थै हस्तक्षेप गरें ।
कुन दिव्य
प्रवृतिका कारण
फूल विकसित
हुन्छ,
कुन रहस्यमयी
प्रकृतिका कारण
फूल सुवासित हुन्छ,
अज्ञानताको
पराकाष्ठामा
न फूललाई बाँच्न
सकें,
न फूललाई बचाउन
सकें ।
केही धूमिल
चित्रहरू
मानसपटमा कैद
गरी
अस्तित्व अस्त
भएपश्चात्
अस्तित्वको
खोजीमा हिंडें ।
तर
दुइ अवस्थाको
सङ्गमनेर
पर्खिराखेको
अन्तिम पतझरले
मुस्कान
शुष्काउँदै भन्यो–
अब फुल्ने फुलाउने
मौसम गए ।
🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷
रचनाकाल: २०५६/०९/२०
🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷
रचनाकाल: २०५६/०९/२०
Friday, May 1, 2020
🔥गजल: उठेथ्यो भोकको ज्वाला..,🔥
![]() |
| ✍️@ कृष्णसिंह पेला |
🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷🌸
उठेथ्यो भोकको ज्वाला त्यसै छोपेर सुस्तायो
खुला आकाशको च्यादर त्यही ओढेर सुस्तायो ।
सधैं मजदूरी हो उसको सनातन धर्म, संस्कृति
कहाँ गै गर्नु मजदूरी यही सोचेर सुस्तायो ।
कुनामा सर्वहारा देवताको मूर्तिसामु गै
गुनासा, पीर जे जे छन् सबै पोखेर सुस्तायो ।
अझै जगमा अँध्यारोको उही साम्राज्य कायम छ
उज्यालो भोलिका सपना भने कोरेर सुस्तायो ।
कथा लेख्छु सुदामाको भनी भन्दै थियो कृष्ण
परंतु तप्त आँसुमा कलम चोबेर सुस्तायो ।
🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷🌸
नोट: पुन: प्रकाशित
🖐गजल: जसले जीवन हामीलेजस्तो ...🖐
![]() |
| ✍️@ भुवन बोहरा |
🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷
जसले जीवन हामीले जस्तो देखेनन्,
तिनले हत्केलाका ठेला काँ देख्नेछन् ।
रित्तो घर बाँझो घर बारी चिसो आरन,
मुग्लाने मायाले भैगो बस्ती निर्जन ।
भैंचालो देखी तर्सेको बुढो घर झैं,
रासन को भाउले आतंकित अवचेतन ।
कस्तो समृद्धि आयो हाम्रो बस्तीमा,
बाटो छेउका गुलमोहर बाँकी छैनन ।
फुलपातीले पुज्ने देउता ढुंगाको हो,
ढुंगा मान्छेमा के को होला आफ्नोपन ।
निर्धो झन् झन् निर्धाे भो बलियो झन् मोटाे
यसपाली देख्यौं तिम्रो कानुनी शासन ।
आगो लाउ धुलो पारि भैंमा गाड,
कण कणमा मेरै ऊर्जाका स्वर उठ्नेछन् ।
🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷
साभार : त्रासद मौसम (गजल संग्रह)



