नचाहिंदो अभिमान गर्नुहुन्न ।
स्वाभिमानबाट तल झर्नुहुन्न ।।
अर्ति सुन्नुपर्छ बूढापाकाबाट ।
बर्सातमा खोला नदी तर्नुहुन्न ।।
सबैसँग क्या नाम उस्तै मुटु हुन्छ ।
अरुलाई दुख्ने कुरा गर्नुहुन्न ।।
जन्मेपछि एक दिन मर्नुपर्छ तर ।
अमर हुने काम नगरी मर्नुहुन्न ।।
संघर्षको विकल्प नै छैन नानू ।
संघर्षमा कहिल्यै पछि पर्नुहुन्न ।।