![]() |
| ✍️@ भुवन बोहरा |
🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷
जसले जीवन हामीले जस्तो देखेनन्,
तिनले हत्केलाका ठेला काँ देख्नेछन् ।
रित्तो घर बाँझो घर बारी चिसो आरन,
मुग्लाने मायाले भैगो बस्ती निर्जन ।
भैंचालो देखी तर्सेको बुढो घर झैं,
रासन को भाउले आतंकित अवचेतन ।
कस्तो समृद्धि आयो हाम्रो बस्तीमा,
बाटो छेउका गुलमोहर बाँकी छैनन ।
फुलपातीले पुज्ने देउता ढुंगाको हो,
ढुंगा मान्छेमा के को होला आफ्नोपन ।
निर्धो झन् झन् निर्धाे भो बलियो झन् मोटाे
यसपाली देख्यौं तिम्रो कानुनी शासन ।
आगो लाउ धुलो पारि भैंमा गाड,
कण कणमा मेरै ऊर्जाका स्वर उठ्नेछन् ।
🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷🌸🌷
साभार : त्रासद मौसम (गजल संग्रह)

No comments:
Post a Comment