Friday, February 8, 2013

बाल गजल (बादलुको माथि माथि ...)


बादलुको माथि माथि जूनको गाउँजस्तो,
कति सुन्दर, कति शान्त, घुम्न जाउँजस्तो ।

बारीभरि फूल अनि फूलमा पुतली,
पुतलीलाई फूलैफूलको माला लाउँजस्तो ।

पहाडी झर्ना र खोला कति मीठो संगीत,
प्राण घोलिएको गीत गाउँ गाउँजस्तो ।

सुनको घामसँगै झरी, झरीमा इन्द्रेणी,
मेरो कपाल लामो होस् भन्दै नुहाउँजस्तो ।

प्यारो घर, प्यारो गाउँ, प्यारा साथीभाइ,
टाढा गए पनि छिट्टै फर्कि आउँजस्तो ।

रचनाकाल : २०६४/११/०७, कीर्तिपुर

No comments: