Wednesday, April 13, 2011

गजल (सधैं मुख हेर्ने ...)


सधै मुख हेर्ने यहाँ रीत यस्तै ,
यहाँ हार यस्तै अनि जीत यस्तै / 

सदा छद्म वा नग्न झंकार चर्को ,
दबेरै गयो प्रेमको गीत यस्तै /

चिथोरी , निचोरी, पिई तृप्ति खोज्ने ,
दमित वासनाको क्षुधाप्रीत यस्तै /

हतारिन्छ, आत्तिन्छ निस्चेत भै मन ,
अनि रोज्छ  उचित अनुचित यस्तै /

उषामा सजेका थिए स्वप्न मोति,
रवितापले सुक्दछ्न शीत यस्तै /

अझैसम्म कायम रहेको छ दुरी ,
अधुरै रहेको निको  धीत यस्तै /

कसोरी सुरक्षा गरुँ यो मुटुको ,
अझै आउला नि सुनामी त यस्तै /
धन्यवाद

No comments: